विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

​​​​​​​काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । 

बोर्डले परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन फारम बुझाउन पनि आग्रह गरेको हो । 

२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । 

यस्तै दुई विषयमा नन ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले सूचनामा भनेको छ ।  

परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ४९ बजे