‘एउटै नाउरको सिकार गर्न २३ लाख’

५८० सङ्क्रमित थपिए,ललितपुरमा  भेटियो कोरोनाको दोहोरो प्रजाति

काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ५८०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८१ हजार ५६४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा २५४ जना सङ्क्रमित पहिचान गरिएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
 आज फेला परेका कोरोना संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ प्रजाति देशव्यापी रुपमा फैलिएको बताउन्भयो । काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत यूके भेरिएन्ट फैलिएको उहाँले बताउनुभयो  ।

पहिलोपटक ललितपुरमा डबल म्युटेन्ट कोरोनाभाइरस पत्ता लागेको जानकारी पौडेलले दिनुभयो । उहाँले यूके भेरिएन्टका कारण नयाँ प्रजातिको कोरोना फैलिएको बताउँदै स्वास्थ्य सावधानी नअपनाए कठिन परिस्थिती आउन सक्ने बताउनुभयो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १२९ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७४ हजार ४४७ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना रहेको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।
 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ३० बजे