बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​​​​​​​काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ५५ बजे