सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन् । 

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करीमा संलग्न रहेको आरोपमा उनीहरू मंगलवार पक्राउ परेका हुन् । उनीहरूकाे साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ४२ बजे