मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९३ पैसा छ। 

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ४४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९४ पैसा छ। 

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २४ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३३ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५२ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २२ पैसा छ। 

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ३८ बजे