७७औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

काठमाडौं । छिमेकी मुलुक भारतले आज मंगलबार ७७औँ स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसलाई भारतले वर्षेनि उत्सवका रूपमा मनाउने गरेको छ ।

बेलायत साम्राज्यबाट स्वतन्त्र भएको दिनका रुपमा भारतले प्रत्येक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ । दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई बधाईं एवं शुभकामना दिएका छन् ।

स्वतन्त्रता दिवसको अवसमा दिल्लीको लाल किल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट भारत मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर गएपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।

यसअघि हिजो सोमबार पाकिस्तानले पनि स्वतन्त्रता दिवस मनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ११ बजे