सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपालले पाकिस्तान र श्रीलंकामा हुन लागेको एकदिवसीय एसिया कप २०२३ खेल्ने राष्ट्रिय टोलीको घोषणा भएको छ ।

क्यानले एसिया कप खेल्ने अन्तिम १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, भीम सार्की , कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करन केसी,  र ललित राजबंशी  छन् । यस्तै,  प्रतिस जिसी , किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलिमा छन् ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३० (भदौं १३) मा खेल्नेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा सेप्टेम्बर ४ (भदौं १८) मा हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : २७ बजे