काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान ११ः०० बजे संसदीय दलको बैठक बस्नेछ ।
गत शुक्रवारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरूले बोल्ने क्रम जारी रहेको छ । सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा पक्राउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
आइतबारसम्म ५४ जना सांसदहरूले आआफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आआफ्नो धारणा राख्नुहुनेछ । सबै सांसदले बोलिसकेपछि सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले जवाफ दिनुहुने छ ।
प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ७ : ०७ बजे
प्रतिक्रिया