उपराष्ट्रपति यादव साताव्यापी भ्रमणका लागि आज चीन जानुहुने 

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ । 

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उहाँ आज चीन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।    

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उहाँ सोमबार दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिनुभयो । 

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा हुनुहुन्छ । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५४ बजे