बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु 

बाँके । बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

आइस्क्रीम बेच्ने रिक्साको चार्जर निकाल्ने क्रममा करेन्ट लागेर बाँकेको जानकी गाउँपालिका वडा नं.५ स्थित रामगाउँका २९ वर्षीय सोनु इद्रिसीको मृत्यु भएको हो ।

आइसक्रिम रिक्साको चार्जिङ्ग तार निकाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको वडा नं.५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकरी दिनुभयो । 

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ११ बजे