रिसको आबेगमा आफ्नै बाबुको हत्या

बारा । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

बाराको जितपुरसिमरा उपमाहनगरपालिका-१६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो। 

शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आबेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ। घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ५१ बजे