सांसद सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनकः काँग्रेस

काठमाडौं ।  सत्तारुढ प्रमुख घटक नेपाली काँगे्रसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । 

शुक्रवार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो । बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भिरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । काँग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आईतवार साँढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ । आज सांसदहरुले सो घटनाबारे आ–आफनो धारणा राख्नुभएको र आईतवार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मुलतः आज हामीले पाँच वटा निर्णय गरेका छौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज स्थगित भएको छ । पर्सी साढे १२ बजे पुनः यसै स्थानमा हामी बैठक बस्छौं ।

एउटा पछिल्लो समयमा अविरल वर्षका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या भएको छ । बाढी, पहिरो र डुबानले धेरै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । ठूलो जनधनको क्षति भएको छ । गाउँबस्तीमा मानिसको घर बसोवास, जग्गाजमिनमा क्षति भएको छ । त सार्वजनिक सरकारी र निजी भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन । र, खास गरेर यो सबै विषयहरु हेर्दाखेरी अत्यन्त अपm्ठ्यारो अवस्था देखा परेको छ । र, आषाढको महिना चाहीँ संखुवासभा, ताप्लेजुङ, पाँचथरमा गएको बाढिका कारणले त्यहाँ जनजीवन नकारात्मक भएको विषय पनि छ । त्यसो भएको हुनाले हामीले आजको बैठकबाट यो जुन सडक अवरुद्ध भएको छ ठाउँठाउँमा । ततकाल सरकारलाई हामीले बाढी, पहिरो र डुबानबाट भएको हुन हानिनोक्सानी छ । त्यसका बारेमा प्रभावितहरुलाई, पीडितहरुलाई राहत गर्ने, उद्धार गर्ने, पुनस्र्थापना गर्ने काम गर्ने, भौतिक संरचनाहरुको पुनर्निर्माण गर्ने र अवरुद्ध सडक यातायात सुचारु गर्नका लागि सरकारसँग हामीले माग गरेका छौं ।

दोस्रो निर्णय, देशव्यापी रुपमा लम्पी स्किन फैलिएको छ । यसले हजारौं पशुचौपायहरुको मृत्यु भएको छ । लाखौं रोगग्रस्त भएका छन । र, किसानलाई ठूलो मर्का भएको छ । त्यसकारण किसानलाई राहत दिन, क्षतिपूर्ति दिन र लम्पी स्किनको चाँडो भन्दा चाँडो औषधि उपचार गर्नका लागि सरकारसँग हामीले ध्यानाकर्षण गराएका छौं । देशव्यापी रुपमा डेंगु फैलिएको छ । र, आँखामा इन्फेक्सन हुने रोग पनि फैलिएको छ । यसको उपचारको उचित व्यवस्था गर्न र चाँडोभन्दा चाँडो रोकथाम र उपचार गर्न सरकारसँग माग गर्ने निर्णय गरेका छौं ।

अर्को, तराई मधेसका जिल्लाहरुमा अहिले अल्पवृष्टि भएका कारणले र वर्षात नभएका कारणले रोपाईं हुन नसकेको अथवा कम रोपाईं भएको स्थिति छ । धानको कम खेती लगाउने काम भएको छ । र, भूमिगत जलको सतह घटेको हुनाले खानेपानीको पनि समस्या भएको हुनाले यसमा खानेपानीको व्यवस्था गर्न र किसानहरुलाई जुन पीडा भएको छ । यसबारे उचित ध्यान दिन हामीले सरकारलाई आग्रह गरेका छौं भने पाँचौंमा हामीले आजको बैठकमा माननीय नेपाली काँग्रेसका नेता पनि, मोरङ जिल्लाबाट निर्वाचित सांसद माननीय सुनिल शर्माजीलाई पक्राउ गरिएको अवस्था छ । त्यो पक्राउ गरिएको विषयलाई लिएर आजको संसदीय दलको बैठकमा माननीयजीहरुले गम्भिरतापूर्वक विचारहरु राख्नुभएको छ । यो पक्राउ आपत्तिजनक हो । यो पत्र अप्रत्याशित छ । र, यो पक्राउ अनुचित छ भन्दै यो विषय अत्यन्तै गम्भिर छ भनेर आफ्ना धारणाहरु राख्नुभएको छ । र, यी धारणाहरुलाई बैठकले, नेताहरुले गम्भिरतापूर्वक सुनेको छ । लिएको छ । र, पर्सी हामी फेरि बैठक बस्छौं । र, त्यसमा पनि यी विषयहरु प्रश्तुत हुने नै छन । यसको बारेमा हामी पर्सी नेपाली काँग्रेसका धारणा सार्वजनिक गर्नेछौं । त्यसमा नेपाली काँग्रेसका धारणा हामी अभिव्यक्त गर्ने नै छौं । यो विषयमा पनि आज यही निर्णय भएको छ । आज विचार उठेको छ । आपत्तिजनक, अप्रत्याशित र गम्भिर विषय यो भएको छ  भनेर साथीहरुले उठाउनुभएको छ । यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौं । र, थप विषय वस्तुलाई हामी गहि¥याईमा पुग्छौं । थप छलफल हुन्छ । र, यसको पूर्ण निर्णय हामी पसीमा दिनमा गर्छौं । ’

त्यसैगरी बैठकले बाढी, पहिरो र डुबान पीडित तथा लम्पी स्किन महामारीको मारमा परेका किसानहरुलाई उचित क्षतिपूर्ति र राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी काँग्रेस संसदीय दलले डेंगु महामारी नियन्त्रण र आँखामा इन्फेक्सन हुने रोग नियन्त्रणका लागि प्रभावकारी भुमिका निर्वाह गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक लेखकका अनुसार बैठकले खानेपानीको अभाव र कम वर्षाका कारण धानबाली लगाउन नसकेका तराईंका किसानहरुको समस्या पनि तत्काल समाधान गर्न सरकारलाई दबाब दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ०३ बजे