सरकारसँग तथ्याङ्कको योजना छैनः तथ्याङ्क विज्ञ

काठमाडौं । अर्थशास्त्री तथा तथ्याङ्क विज्ञ आशुतोषमणि दिक्षितले सरकारसँग तथ्याङ्कको योजना नभएको बताउनुभएको छ ।  

तथ्याङ्क विज्ञ दिक्षितले राज्यको नीति तथा योजना बनाउन तथ्याङ्क आवश्यक भएपनि तथ्याङ्कको संकलन, प्रशोधन, प्रकाशन, विविधिकरण र समयसापेक्षीकरण गर्ने योजना नभएको बताउनुभएको हो । विज्ञ दिक्षितले सरकारलाई योजना तथा नीति बनाउन तथ्याङ्क आवश्यक भएपनि समयमा तथ्याङ्क संकलन गर्ने विषय प्राथमिकतामा नपरेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारका विभिन्न निकायहरुले संकलन गरेका तथ्याङ्कलाई समेत समय सापेक्षीकरण बनाउन नसकेको बताउनु भयो । उहाँले समयमा तथ्याङ्क संकलन गर्ने विषय प्राथमिकता नपर्दा राज्यले बनाएका नीति तथा योजनाहरु कार्यान्वयनमा समस्या आउने गरेको बताउनु भयो । उहाँले तथ्याङ्क  ऐन २०७९ ले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर बलियो संयन्त्र बनाउन खोजेको बताउनु भयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले राज्यका विभिन्न निकायहरुले संकलन गरेको तथ्याङ्कलाई एकीकृत गर्ने कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । दिक्षितले शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै विभिन्न मन्त्रालय, विभाग,प्रदेश सरकार,स्थानीय सरकारले संकलन गरेका तथ्याङ्कहरुलाई एकीकृत रुपमा एउटै माध्यमबाट एकरुपकता साथ बाहिर ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारका निकायहरुले संकलन गरेका तथ्याङ्कहरु फरक–फरक हुने भएकाले राष्ट्रिय तथ्याङ्क कार्यालयले कार्यविधि बनाएर गएमात्रै एकरुपता आउने बताउनु भयो । उहाँले सरकारी निकायहरुको तथ्याङ्कमा एकरुपता नहुने भन्दै तथ्याङ्कमा एकरुपता ल्याए पद्धतिमा स्थिरता आउने बताउनु भयो । उहाँले सरकारका विभिन्न निकायहरुले संकलन गरेको तथ्याङ्क आवश्यक परेको अवस्थामा प्रयोग गर्नको लागि योजना बनाउन अत्यन्त जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘राज्यलाई योजना बनाउँदा तथ्याङ्क चाहिन्छ । तर तथ्याङ्कको लागि राज्यसँग योजना छैन । योजना बनाउने बेलामा राज्यका निकायहरुले तथ्याङ्क खोज्ने गर्छन् । तथ्याङ्क पाएपछि तथ्याङ्कलाई कसरी समय सापेक्ष बनाउने र समयमा तथ्याङ्क संकलन गर्नेकुरा प्राथमिकतामा आउँदैन । अहिले नयाँ आएको तथ्याङ्क ऐन २०७९ले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री मातहतमा राखेको छ । अबको काम भनेको सरकारले विभिन्न मन्त्रालयहरुले तथ्याङ्कहरु संकलन गरेको छ । विभिन्न मन्त्रालयहरुले संकलन गरेको तथ्याङ्कले एक अर्कासँग कुरा गर्न सक्नुप¥यो । एउटा निकायसँग भएको तथ्याङ्कलाई अर्को निकायले कनेक्ट गर्न सक्नुप¥यो । अहिले विभिन्न निकायहरुले कागजी ढड्डामा वा सूचना केन्द्रमा राखेको होला । भविष्यको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले एउटा गाइड लाइन बनाउनु प¥यो । यो निकायले संकलन गरेको तथ्याङ्कलाई यसरी प्रयोग गर्ने, स्थानीय तहले संकलन गरेकोलाई यसरी गर्ने र संकलन भएका तथ्याङ्कलाई हार्मनाइज गराउने हार्मनिज कोर्ड हुन्छ । त्यो कोर्डले विभिन्न निकायहरुमा भएको तथ्याङ्कलाई एकरुपता ल्याउँछ । म्याथलोजिकल कन्सिसटेन्सी भएपछि विभिन्न निकायहरुमा भएको तथ्याङ्कलाई एक अर्कासँग कुरा गर्नसक्यो भने आवश्यक भएको बेला तथ्याङ्क पाउँछ । त्यसको योजना बनाएर जानुपर्छ ।’

उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालय वा राष्ट्रिय योजना आयोगले तथ्याङ्क संकलन क्यालेण्डर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले तथ्याङ्क सम्बन्धि काम गर्ने जनशक्ति र प्रयोगकर्ता विश्लेषकहरुको तथ्याङ्क सम्बन्धि क्षमता विकास गर्नुपर्ने बताउनु भयो । उहाँले तथ्याङ्कको उत्पादनसँगै धेरै प्रयोग हुन आवश्यक रहेको बताउनु भयो । नेपालमा भएको समग्र तथ्याङ्क प्रणाली विस्तारै विकास हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ३९ बजे