यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप दुई चिकित्सक पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ गरेको छ ।

शुक्रबार सिआइबीले मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पक्राउ गरेको हो । चौधरीलाई मोरङ र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरिएको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जनाइन् ।

बिहीबार सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनमा सांसद सुनीलकुमार शर्मासहित ५ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।

ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ । यससँगै यस अपरेशनमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : ०८ बजे