यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

संखुवासभा  । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। 

मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए। 

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको छ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।

मृतकका आफन्तले कारागार भित्र भएको हत्या घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गरिनु पर्ने माग राखेका छन् ।बीभत्स रुपमा भएको हत्याको घटनामा प्रहरीको पनि मिलोमतो भएको आफन्तले शंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : २९ बजे