काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिउँसो उनकै निवासबाट पक्राउ गरेको छ ।
सुरुमा सीआईबीले पक्राउ पुर्जीबारे जानकारी नदिएको भए पनि पछि भने उनलाई पक्राउ गर्नाको कारणबारे पुर्जी दिएको थियो ।
सो पुर्जीमा लिखत सम्बन्धी कसूरमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न परेको उल्लेख गरिएको छ ।
लिखतमा भने केही खुलाइएको छैन । प्रहरी निरीक्षक गणेशप्रसाद जोशीले पक्राउ पुर्जी जारी गरेका थिए ।
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ६ : ४९ बजे
प्रतिक्रिया