रोल्पा बस दुर्घटना अपडेट : मृत्यु  हुनेकाे संख्या ४ पुग्यो , १८ जना घाइते

 रोल्पा ।  रोल्पामा बस दुर्घटना हुँदा मृत्यु  हुनेकाे संख्या  ४  पुगेकाे छ भने १८ जना घाइते भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ  भन्ने ठाउँमा  सडकदेखि करिब १५० मिटर तल खसेको थियाे ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ५७ बजे