मलंगवामा विद्यालय परिसरमा युवक मृत फेला

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा एक युवक मृत फेला परेका छन् ।  मलंगवा नगरपालिका -९ स्थित कृष्ण देवी माध्यमिक विद्यालयको हाताभित्र मृत अवस्थामा एक युवक फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

अन्दाजी २५/२६ वर्षका युवक मृतमा अवस्थामा विद्यालयमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिएका छन् । 

मृतक युवकको पहिचान खुल्न सकेको छैन् । मृतकको युवकको मुखबाट सेतो फिज निस्केको छ । लागुऔषध सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

युवकको शव पोष्टमार्टमका लागि अहिले प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ११ : ५१ बजे