भारतको उत्तराखण्डमा पहिरोमा परी १६ नेपाली बेपत्ता भएको अनुमान, खोजी कार्य जारी

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही स्थानमा होटल चलाएर बसेका जुम्लाका एकै परिवारका सात जना, रोजगारीका लागि गएका जुम्लाकै अन्य चार जना र कालिकोटका पाँच जना बेपत्ता भएको अनुमान गरिएको छ ।

पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको दूतावासले  जनाएको छ। त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३२ बजे