अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेको बयान जारी छ । पाण्डेले एक टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५२ बजे