बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको मूल्य घटाएको हो।

निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल प्रति लिटर ९ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १३० रूपैयाँ घटाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ भने ग्यासमा प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ०५ बजे