नक्कली शरणार्थी प्रकरण : आफूहरुलाई तारिखमा रिहा गर्नुपर्ने भन्दै नेताहरु उच्च अदालतमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उच्च अदालत पाटन पुगेका छन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै जिल्ला अदालतको आदेश बदरको माग राख्दै उनीहरु उच्च अदालत पुगेका हुन् ।

पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै थुनामुक्त गर्ने आदेशको माग गरेका छन् ।

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । यसअघि नै निवेदन दिएकाहरुको पनि उच्चको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ५० बजे