विवादित प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र

काठमाडौं । विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजीर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको छ ।

गत शनिबार सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले आज निरौलालाई मन्त्रालयमा हाजिर हुन पत्र काटेको हो ।

मन्त्रालयले सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ४५ बजे