यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँ बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ थियो ।

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : ०६ बजे