काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।
इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो ।
दुई देशका सरकारबीच भएको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ ।
पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ । आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । आवेदन यही साउन २० देखि २४ गतेसम्म दिन सकिनेछ ।
आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गएर अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार ८ : २२ बजे
प्रतिक्रिया