लायकु दरबारको प्राचीनता मास्न बनेपा नगरपालिका नै सकृय, विभागको निर्देशनसमेत अटेर  

काठमाडौं  ।  पुरातत्त्व विभागले  बनेपास्थित लायकु दरबार प्रवेशद्वार संरक्षण गर्ने सम्बन्धमा दिएको निर्देशन बनेपा नगरपालिकाले अटेर गरेको छ । 

पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले दिएको निवेदनका  आधारमा पुरातत्व अधिकृत भीष्म बास्कोटासहितको विभागको टोलीले स्थलगत अनुगमन गरी   प्राचीन प्रवेशद्वार पुरातात्विक तवरले निर्माण नभएको भन्दै काम रोक्न निर्देशन दिएको थियो । 
अनुगमन प्रतिवेदनमा प्रवेशद्वारको प्राचीनता मासेर सिमेन्ट, रड लगाएर गेट निर्माण भइरहेको त्यो काम प्रचानि स्मारक संरक्षक ऐन विपरित भएको  उल्लेख छ।

‘विभागबाट खटिएका प्राविधिकबाट उक्त स्थलको निरीक्षणबाट प्रतिवेदनअनुसार ऐतिहासिक लायकु ९दरबार० प्रवेशद्वारको प्राचीनता मासेर हाल प्रवेशद्वार बालुवा, सिमेन्ट र रङ जस्ता सामग्रीह?को प्रयोग गरी आधुनिक शैली र स्व?पमा निर्माण कार्य भइरहेकाले सो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ को मर्म र भावनाविपरित रहेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको थियो।

विभागले प्रतिवेदनका आधारमा तत्काल  काम रोकी सम्पदा संरक्षणमा आवश्यक सहयोग र समन्वय गर्न, गराउन विभागीय निर्णय गरी परिपत्र गरे पनि उता गेट निर्माण भने नरोकिएको हो ।  विभागको निर्देशनपछि पनि काम नरोकिएकोमा  अभियन्ता धिमालले आपत्ती जनाउँदै  प्राचिन स्मारकह? मास्ने काममा स्थानीय जनप्रतिनीधिह? नै सरिक भएो आरोप लगाउनुभयो । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : २७ बजे