यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पोखरा महानगरमा मलको मूल्य निर्धारण

अन्नपूर्ण (कास्की) । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । 

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । 

महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको हो । 

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । डिएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोएिको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नका लागि छनोट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि आव २०७९/८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । 

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको छ । 

गत आवमा पोखरा महानगरमा युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन, डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : २९ बजे