झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

ओलीको आरोप : प्रचण्डले एमालेको रकम खाए, एक पैसा बुझाएनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता भनिए पनि एकता हुँदै नभएको बताउनुभएकाे छ । जनसंगठन समन्वय समितिको बैठकमा ओलीले प्रचण्डले नेकपाकालमा पनि आफ्नो पार्टी जीवितै राखेको आरोप लगाउनुभएकाे हाे  ।

प्रचण्डले वास्तविक रूपमा पार्टी एकता हुन नदिएको ओलीको आरोप छ । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन एकता भएन । भए पनि तेल एकातिर पानी एकातिर’, ओलीले भन्नुभयाे, ‘मिक्सअप नै हुन सकेन । हुनै दिइएन ।’

 ‘हामीले कहिल्यै पनि छुट्टै भेला बैठक गरेनौँ । प्रचण्डले आफ्नो पार्टी जीवितै राखे । आफ्नो पार्टीको मिटिङ बैठक सबै अलग गरिनै राखे’, उहाँले भन्नुभयाे।

पार्टी एकतापछि प्रचण्डले एमालेको रकम खर्च गरेको तर, त्यसको हिसाब नदेखाएको ओलीले बताउनुभयाे  । ‘आफ्नो हिसाबकिताव कहिल्यै बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले एमालेको रकम खाए, एमालेको रकम पिए सबै गरे’ ओलीले थप्नुभयेा, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन् ।’ ओलीले भनाइ थियाे । 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : २९ बजे