झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौँ ।  काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको छ । 

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । 

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गर्नुभएको कम्पनीको भनाइ छ । उहाँहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिनुभयो । यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गर्नुभएको थियो ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राख्नुभएको थियो । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो । 

 हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।
 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  २ : ४६ बजे