भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

चितवन  । चितवनको भरतपुर महानगरपालिका २९ चौधकिलो पुलमा बुधवार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ । 

१८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठोकिएको हो । 

 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ४४ बजे