झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । 

सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ः०० बजे बोलाइएको छ । 

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो ।  जसअनुसार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

आजको बैठकमा केन्द्रीय सदस्यहरूले राख्नुभएको धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ५९ बजे