यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउन भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् सेयर कर्जासँगै घरजग्गा र सवारी कर्जा खुकुलो बनाउने नीति लिएको हो।

यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिम भार १०० प्रतिशत थियो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  २५ लाख कर्जालाई ५० लाख पुर्‍याउने तर जोखिम भार १०० प्रतिशत नै कायम राख्ने जानकारी दिए।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक पछि पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले ५० लाखसम्म कर्जा पुर्‍याए पनि  जोखिम भार १०० प्रतिशत नै हुने जानकारी दिए। 

अधिकारीले भने,'सञ्चालक समितिमा यी विषयमा सहमति भइसकेको छ। सर्कुलर जारी गरेपछि सेयर ,घरजग्गा र सवारी कर्जा केही हदमा खुकुलो हुनेछ।
यी विषयमा अनावश्यक प्रचार नगर्नुहोला।'

योसँगै ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत हुने भएको छ। त्यसभन्दा बढि कर्जाको हकमा भने १५० प्रतिशत रहने कायम रहनेछ।

यस्तै आवासीय घर कर्जाको जोखिम भार १५० बाट १०० मा झार्ने गभर्नर अधिकारीले जानकारी दिए। अटो लोन (हायर पर्चेज कर्जा)को जोखिम भार १५० बाट १०० मा झार्ने भएको छ। 

साना सवारीको  प्रयोगकर्तालाई सजिलो बनाउन यस्तो व्यवस्था बनाउन लागिएको गभर्नर अधिकारीको भनाइ छ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : ४० बजे