यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मौद्रिक नीतिः सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ ।

अहिले १५० प्रतिशतसम्म रहेको यो व्यवस्थालाई घटाउने कुरा राष्ट्र बैंकले गरेको हो।

त्यस्तै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ ।

त्यसैगरी राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले ५० लाख सीमा बढाएको हो ।

यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । अब उक्त सीमा गरेर २ करोडसम्म हुनेछ ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : १७ बजे