भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चीनबाट आएको ग्राइन्डर मेसिनमा कालो संकेत देखियो, सुनको आशंकामा जाँच गरिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको ग्राइन्डर मेसिनमा कालो संकेत देखिएपछि सुनको आशंकामा जाँच थालिएको छ ।

विमानस्थल भन्सार कार्यालयमा जाँचपासका क्रममा एक्सरे मेसिनले कालो देखाएपछि सुन रहेको आशंकामा जाँच थालिएको कार्यालयका प्रवक्ता अम्बिका खनालले जानकारी दिए ।

उक्त ग्राइन्डर मेसिनमा सुन लुकाइएको आशंकामा अनुसन्धान भइरहेको हो । यसअघि मोटर साइकल र स्कुटरको ‘ब्रेक सु’मा लुकाएर ल्याइएको एक सय किलो सुन भन्सार जाँचपासपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

उक्त सुन कान्डमा हालसम्म १० जना पक्राउ परेका छन् भने मुख्य अभियुक्त अहिलेसम्म पक्राउ परेका छैनन् । विमानस्थल भन्सारबाट छुटेको हालसम्मको ठूलो परिमाणको उक्त सुन तस्करी काण्डका मुख्य अभियुक्तको खोजी भइरहेको छ । गत साताको मंगलबार बरामद भएको उक्त सुन काण्डको अनुसन्धान जारी रहेकै अवस्थामा विमानस्थलमा फेरि शंकास्पद वस्तु देखिएको हो ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : २६ बजे