भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ललिता निवास प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ  । ​​​​​​​ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको बालुवाटारस्थित ललिता निवासमा आइतबार थप एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

​​​​​​​​​​​​​​पक्राउ पर्नेमा नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका छन्। प्रहरीले उनलाई जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

​​​​​​​

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : १० बजे