यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ । आज बिहान ८ बजेदेखि बसेको बैठक भर्खर सकिएको छ ।

अब केही बेरपछि चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिबारे पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा बोलाईएको छ ।

आर्थिक वर्षको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको सुधारलाई सन्तुलित राख्ने गरी मौद्रिक नीति तयार गरिएको बुझिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ५१ बजे