झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

देश विकासमा लागि बलियो राजनीतिक शक्ति बनाउन आवश्यक : महासचिव पोखरेल 

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरलेले देशमा धेरै दल आवश्यक नरहेको बताउनुभएको छ । 

रामेछापमा पार्टीले आयोजना गरेको नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसमा कार्यक्रममा उहाँले देश विकासमा लागि बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । 

 ‘देशमा धेरै दल आवश्यक छैन । जति धेरै राजनीति दल त्यति नै अस्थिरता, जति धेरै राजनीतिक दल त्यति विदेशी चलखेल । त्यसैले बलियो राजनीतिक शक्ति बनाऊ, धेरै दल बनाउन तिर नलागौँ ।’, महासचिव पोखरेलले भन्नुभयो । 

अहिले भएका दललाई बलिया बनाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले एमालेले मात्रै देशको सङ्कट पार लगाउन सक्ने बताउनुभयो । 

महासचिव पोखरेलले बिपीले काँग्रेस एक्लै निरङ्कुशता विरुद्ध लड्न चाहेको भए पनि पुष्पलालले संयुक्त आन्दोलन गरौँ भनेको उल्लेख गर्नुहुँदै पुष्पलालकै नीतिमा काँग्रेस पुगेको र संयुक्त जनआन्दोलनको माध्यमबाट पञ्चायतको अन्त्य भएको बताउनुभयो ।  

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : ३६ बजे