यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुनको मूल्य ५०० रुपैयाँले घट्यो 

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। 

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल  १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रवार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। शुक्रवार दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रवार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २८ बजे