झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज चीनका उच्च अधिकारी नेपाल आउँदै,यस्तो छ भ्रमण तालीका

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने भ्रमणका लागि आज (आइतबार)  नेपाल आउँदै हुनुहुन्छ ।

नेकपामाओवादी केन्द्रका महासचिव देब गुरुङको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका च्युनले राष्ट्रपति रामचन्द्र पौडेलदेखि विभिन्न दलका नेताहरू लाई भेट्ने कार्यक्रम रहेको छ । च्युन आइतबार १२ः१५ मा काठमाडौं उत्रेन र दिउसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

 

यसैगरी आइतबार नै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र माओवादीकेन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्ने कार्यक्रम रहेको छ । उहाँले आइतबार नै विभिन्न दलका नेताहरू लाई होटल द्वारिकामा रात्रि भोजको आयोजना गर्नुहुने जनाइएको छ ।

 

सोमबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा सँग भेट गर्ने र त्यसपछि कल‌कीमा रहेको एलआरआई विद्यालयमा पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । सोमबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने र समय मिल सम्म सिन्धुपाल्चोक जाने नभए सिन्धुपाल्चोकमा स्थानीय निकायका प्रतिनिधिहरू भिडियो कनफ्रेन्स गर्ने जनाइएको छ ।

 

च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरूका बारेमा जानकारी लिनुहुने पनि जनाइएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि च्युन चिन फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५९ बजे