झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

काँग्रेस केन्द्रीय समिति बैठक जारी, आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ ।  

गत मङ्गलवारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ः०० बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । 

गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा.नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गानालगायतले आ–आफ्ना धारणा राखेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अजय कुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाईँ, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, ध्रुव वाग्ले, गेहेन्द्र गिरी, डा। आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुङ्गाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

आज बाँकी केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नुहुनेछ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ३८ बजे