भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आपराधिक अभिव्यक्ति र आत्महत्या गर्न दुरुत्साहन दिने स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग

​​​​​​​काठमाडौँ – पेसागत महासङ्घ नेपालले आपराधिक अभिव्यक्ति र आत्महत्या गर्न दुरुत्साहन दिने स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छ ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको प्रथम स्थायी बैठकले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य सचिवलाई राखेर  तपाईँहरूलाई डर लाग्छ भने “मेरो कोठामा झुन्डिन पठाइदिनु बरु डोरी मै दिउँला” भनी आत्महत्या गर्न दुरुत्साहन गर्न बाध्य पार्ने स्वास्थ्य मन्त्रीको आपराधिक अभिव्यक्ति खेदजनक भएकाले भर्त्सना गर्दै राजीनामा मागेको हो।

पेसागत महासङ्घ नेपालका सचिव कमल पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा स्वास्थ्य मन्त्री जस्तो पदमा बसेर आपत्तिजनक एवं आपराधिक खालका अभिव्यक्ति दिने व्यक्तिले नैतिकताको आधारमा एक क्षण पनि मन्त्रीको पदमा बस्न नमिल्ने उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी कर्मचारीहरूलाई समायोजनको बहानामा आफ्नो र पराई गरी विभिन्न अपायक ठाँउहरुमा सरुवा गर्ने, सरुवा भएर गएको ठाउँमा हाजिर गर्न नदिने, कर्मचारीलाई निकाल्ने र कामको चाप देखाई नयाँ विज्ञापन गरी आफन्त, कार्यकर्तालाई करारमा भर्ती गर्ने  कुण्ठित नियत देखिएको पेसागत महासङ्घले जनाएको छ ।

पेसागत महासङ्घले राष्ट्र सेवक कर्मचारीहरू सरुवा भएको ठाउँमा जानुपर्दछ तर कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी, साँच्चिकै पिर मार्का परेकाको अवस्थामा सम्बन्धित निकायले ध्यान दिनुपर्छ भन्ने मान्यता रहिआएको बताएको छ ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अत्यावश्यक कामहरू बाँकी राखी आफ्नो विभागीय मन्त्रालयका काम काज, समस्याहरूको समाधान, आवश्यक निर्णयहरू लिनुको सट्टा साना साना कर्मचारीहरूमाथि पूर्वाग्रह राखेर दुख दिने नियतले राजनीतिक अभीष्ट पुरा गर्न दूषित मनसाय प्रस्ट देखिने गरी गरिएका व्यवहार प्रति पेसागत महासङ्घ नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्ने ठुलाबडा तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रिलाई केही नगर्ने तर , कर्तव्यपरायणको सिलसिलामा माथिल्लो आदेशलाई जिम्मेवारी सम्झी टिप्पणी उठाउने कर्मचारीलाई जहाँ पायो त्यही पक्रने, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र ऐन कानुनको बर्खिलाप हुने गरी राष्ट्र सेवक कर्मचारी धरपकड गर्ने कार्यको समेत विरोध गरेको छ ।

सङ्गठित रूपमा राज्य विरुद्धको अपराध गर्ने अपराधीहरू जोसुकै भए पनि कानुनी कठघरामा ल्याइनुपर्दछ तर सानालाई ऐन र ठुलालाई चैन हुने गरी गरिएको यो सरकारको काम कारबाही प्रति पेसागत महासङ्घले गम्भीर असहमति प्रकट गरेको छ ।

पाँच लाख पेसाकर्मीहरूको छाता सङ्गठन पेसागत महासङ्घले नीति, नियम, ऐन, कानुन र संविधानको  पूर्ण पालना हुने गरी मात्र वैध क्रियाकलाप गर्न चेतावनी दिएको छ । अन्यथा महासङ्घले कानुन बमोजिमको अधिकार प्रयोग गर्न बाध्य हुने कुरा विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

महासङ्घका अध्यक्ष क. पुण्य प्रसाद ढकालको अध्यक्षता बसेको बैठकमा नेकपा(एमाले) केन्द्रीय सदस्य तथा पेसागत इन्चार्ज क. चूडामणि जङ्गली, महासङ्घको स्थायी समिति सदस्यहरू, आयोगका अध्यक्ष, राष्ट्रिय घटकका अध्यक्षहरू तथा प्रदेश अध्यक्षहरू , उपाध्यक्ष भोलानाथ पोखरेल,महासचिव केदार प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

विज्ञप्ति:-

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ३९ बजे