झ्याप्लेखोलाबाट २५ शव निकालियो

युवा संघले माग्याे गृहमन्त्रीको राजीनामा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको भन्दै  युवा संघले प्रदर्शन गरेको हाे।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रदर्शनमा प्रेस चौतारी नेपालले पनि ऐक्यवद्धता जनाउँदै सहभागी बनेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ५८ बजे