भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सुन काण्डमा संलग्न थप ४ जनालाई ९ दिन थुनामा राख्न अनुमति

काठमाडौं । एक क्विन्टल सुन काण्डमा पक्राउ परेका थप चार जनालाई ९ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार थप ९ दिन थुनामा राख्न राजस्व अनुसन्धान विभागलाई शुक्रबार अनुमति दिएको हो ।

कट्टेलले भने, ‘यी चार जनाविरुद्ध अदालतले जरुरी पक्राउ पुर्जी जारी गरेको थियो । मिति मिलाउन उनीहरुलाई ९ दिन थुनामा राख्न अनुमति दिइएको हो । हिजो ६ जनालाई १० दिन थुनामा राख्ने अनुमति दिइएको थियो ।’

हिजो (बिहीबार) एक चिनियाँ र एक भारतीय नागरिकसहित ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिइएको थियो । उनीहरु विभागको हिरासतमा छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ५२ बजे