भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

फोहोरको गाडीलाई प्रहरीको स्कर्टिङ

काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्कर्टिङसहित काठमाडौं उपत्यकाको फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगिएको छ ।

फोहोर विसर्जनमा स्थानीयको अवरोधपछि शुक्रबार प्रहरीको स्कर्टिङसहित फोहोर बोकेको करिब १४५ वटा गाडी बञ्चरेडाँडा लगिएको हो ।

फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेर भीड पन्छायो ।

स्थानीयहरूले साउन १ देखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए ।

स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका थिएनन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : २९ बजे