भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

पर्सा ।  वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर-२ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ३२ बजे