भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै 

काठमाडौँ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउन लागेको हो ।  

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । 

बिहीबार सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागिएको हो ।  

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : १६ बजे