भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ब्रेक सुकै शैलीमा आएका वस्तु सुन नभएको पुष्टि

काठमाडौं । भन्सार विभागले थप सुन भएको आशंका गरिएर जाँच गरिएका सामानहरुमा सुन नभेटिएको जनाएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले हिजो १०० किलो हाराहारी सुन भेटिएपछि उस्तै प्रकृतिका स्पेयर पार्ट्स रहेको सामान जाँच गर्दा सुन नभेटिएको जानकारी दिनुभयो ।

‘हामीले हाम्रो एक्स-रे मेसिनमा ती सामग्रीहरु हालेर हेर्यौं । त्यसमा कम्प्युटरको मदरबोर्ड र केही स्पेयर पार्ट्स मात्रै भेटिएको छ। मेसिनले डिटेक्ट नगरेपछि हामीले ती सामग्रीहरुलाई वान-टु-वान खोलेरै हेरिरहेका छौं,’ पौडेलले भन्नुभयो ।

गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले त्यसको परीक्षण भइरहेको छ । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो । एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान गरिएको अवस्थामा आज थप १०० किलो सुन हुनसक्ने आशंकाबीच जाँच थालिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ५२ बजे