भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सुन तस्करी प्रकरण : आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको ६ जना आरोपीहरुलाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिईएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

बुधबार विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ६ : २३ बजे