भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ब्रेक सुकै शैलीमा विमानस्थल भन्सारमा थप सुन आएको आशंका

काठमाडौं –  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करीको १०० किलो सुन पक्राउपछि पुनः रेडी ट्रेड कम्पनीको नाममा थप सामान आइपुगेको पाइएको छ। यसअघि स्कुटरको ब्रेक सुमा आएकै शैलीमा सुन फेरी आएको हो की भनेर जाँच्न राजश्व अनुसन्धान विभागको टोली भन्सार कार्यालयमा पुगेको छ। 

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल भन्सार कार्यालय पुगेका छन्। पहिलेकै शैलीमा थप सामान भन्सार आइपुगेका जानकारी पाएपछि ढंगाना भन्सार पुगेका हुन् । 

सामान आएको कम्पनी पक्राउ परेका व्यक्ति दिलिप भुजेलको नाममा दर्ता छ। भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो।

अहिले फेरि यही कम्पनीको नाममा थप सामानहरु आएपछि सुन हुनसक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ३ : ३७ बजे