भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पौडेल महानिर्देशक भएपछि एकै महिनामै २२ क्वीन्टल सुन बाहिरिएको अनुमान

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करीको १०० किलो सुन भन्सारबाट बाहिरिएपछि अहिले भन्सार विभागका  महानिर्देशक  शोभाकान्त पौडेल चर्चामा छन ।

अर्थमन्त्री डा प्रकाशशरण महतले शोभाकान्त पौडेललाई भन्सार विभागको महानिर्देशक बनाएका थिए । तत्कालीन अर्थमन्त्री नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पौडेलको जिम्मेवारी खोसेर थन्काएका थिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले खानेपानी मन्त्रालयमा पठाइएका पौडेललाई अर्थमन्त्री प्रकाशशरण महतले गत आर्थिक वर्षमा भन्सार राजस्व संकलन न्युन भएको र त्यो बढाउनुपर्ने भन्दै पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।  

विहीबार बिहानै अर्थमन्त्री महतले पौडेलसँग घटनाका सम्बन्धमा रिपोर्टङ गर्न निर्देशन दिइसकेका छन । उनले सोहीक्रममा जाँचपासमा संलग्न सुब्बा र अधिकृतलाई निम्लबन समेत गरिसकेका छन् ।पौडेल राजस्व प्रशासनमा रहेका पुराना सहसचिव हुन ।

राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा पौडेल महानिर्देशक भएपछि मात्रै करिब ३० क्वविन्टल सुन अबैध रूपमा भन्सार कार्यालय हुँदै बाहिरएको देखाएको छ । एकै महिनामात्र २२ क्वीन्टल सुन बाहिरिएको अनुमान गरिएको छ । यद्यपी यसमा अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : १९ बजे